एकैदिन १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Corona

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ८ सय ३४ जनाको पीसीआर र १ हजार १ सय ८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ७ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...