बाजुराको बुढीगंगामा एमाले उम्मेदवारलाई दोस्रो प्रयासमा सफलता

७ वटा वडामा एमाले र ३ वटामा कांग्रेसको जित

Budiganga

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।

०७४ ०७४ सालको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवार थिए रामबहादुर बानियाँ । त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार दीपकबिक्रम शाहसंग उनले २८५ मत अन्तरले पराजित भएका थिए । शाह ३ हजार ८४५ मत पाई निर्वाचित हुँदा बानियाँले ३ हजार ५६० मत पाएका थिए ।

तर, यस पटकको स्थानीय तह निर्वाचनको आइतबार सकिएको मतगणनामा भने बानियाँले बाजी मारे । एमालेबाट नगर प्रमुखको उम्मेदवारमा दोहोरिएका बानियाँले १ हजार ३ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीलाई पराजित गरे । बानियाँले ४ हजार ७७७ मत पाउँदा खातीले ३ हजार ७७४ मतमात्रै पाए ।

यस्तै उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का (कुँवर) पनि दोस्रो परीक्षामा जनअनुमोदित भइन् । उनी ०७४ को निर्वाचनमा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तारादेवी खातीसँगग २३२ मतको अन्तरले पराजित भएकी थिइन् । त्यतिबेला खातीले ३ हजार ७६० मत पाएर निर्वाचित हुँदा कुँवरले ३ हजार ५२८ मत पाएकी थिइन् ।

यस पटक उनले आफ्नी प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रीता शाहीलाई ९७२ मत अन्तरले पराजित गरिन् । कुवँरले ४ हजार ७२७ मत पाइन् भने शाहले ३ हजार ७५५ मत पुर्‍याइन् ।

१० वटा वडा रहेको बुढीगंगा नगरपालिकामा ०७४ को निर्वाचन भन्दा वडामा पनि फरक नजिता देखिएको छ । यसपटक ७ वटा वडाका वडाध्यक्षहरु एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गएको निर्वाचनमा कांग्रेसले वडा नं। १, ४, ७ र ८ गरी ४ वडामा जित हासिल गरेको थियो । यस पटक कांग्रेसबाट एमालेले वडा नम्बर १ को नेतृत्व खोस्न सकेको छ ।

यस निर्वाचनमा एमालेबाट वडा नं. १ मा रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी, ९ मा मीनबहादुर सिंह र १० मा दलबहादुर साउँद वडाध्यक्षमा बिजयी भएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट वडा नंं। ४ मा मीनबहादुर शाह, ७ मा भुवन सिहं केसी र ८ मा रमेश बहादुर रावल नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको भन्दै मतदाताहरुले समेत बिरोध गरेका थिए ।

२, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएको कांग्रेसको आरोप थियो । यस्तै, वडा नं। ४ र ७ का मतदान स्थलहरु कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको एमालेको आरोप थियो । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

वडा नं. ४ मा ९९.४१ प्रतिशत मत खसाइएको थियो । वडा नं. २, ३, ५ र ९ मा प्रहरीले मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलका १९ मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...