नयाँ नागरिकता विधेयक संसदमा पेश हुने

Samsad bhawan onlinepana

काठमाडौँ । सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेश गर्ने भएको छ । लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो ।

विधेयकमा नेपालको संविधानमा उल्लेख भएअनुसार गैर आवासीय नेपालीलाई राजनीतिक अधिकारबिनाको नागरिकता दिने प्रावधान उल्लेख छ । उनीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार रहने गरी नागरिकता दिने विधेयकमा उल्लेख छ ।

यो विधयेक जस्ताको तस्तै पारित भए एनआरएनहरुले नेपालमा व्यवसाय खोल्ने, उद्योग धन्दा खोल्ने, सांस्कृतिक कर्म गर्ने अधिकार प्राप्त गर्नेछन् । तर, भोट हाल्ने र चुनावमा उम्मेदवार हाल्ने अधिकार पाउँदैनन् । यसैगरी नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपाली नागरिकता दिने भनिएको छ।

तर समय सीमा उल्लेख गरिएको छैन् । बाबु विदेशी तर आमा नेपाली भएकाहरुले नागरिकता पाउने बाटो विधेयककले खोल्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...