बुढीगंगा नगरपालिका मतगणना अपडेट : प्रारम्भिक मतगणनामा एमालेको अग्रता

Matganana update

बाजुरा । बाजुराको जिल्लाको बुढीगंगा नगरपालिकामा शुरुवाती चरणदेखी नै एमालेले आफ्नो पक्षमा अग्रता बढाईरहेको छ भने गठबन्धनको तर्फबाट कांग्रेसले पछ्याइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।

एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् । एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...