माओवादीले बल्ल बनायो स्थायी कमिटी, को को परे ? (सुचीसहित)

Maobadi baithak

काठमाडौं । निक्कै रस्साकस्सीपछि नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए । बाँकीको नाम भने २र३ दिनमा टुंगो लगाएर सर्कुलर पठाउने उनले बताए ।

केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति बन्ने विधानको व्यवस्था अनुसार प्रचण्डले स्थायी समिति तोकेका हुन् ।

माओवादीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित १५ सदस्यीय पदाधिकारी, ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो ।

स्थायी कमिटीमा रहनेमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, गणेश शाह, देव गुरुङ, जनार्दन शर्मा, दीनानाथ शर्मा, सुरेश आलेमगर, वामदेव क्षेत्री, पूर्णकुमारी सुवेदी, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, मात्रिका यादव, देवेन्द्र पौडेल, लीलामणि पोखरेल,, शक्ति बस्नेत, जयपुरी घर्ती, शशि श्रेष्ठ, हितमान शाक्य, अमृता थापा, ओनसरी घर्ती, राम कार्की, कालीबहादुर मल्ल, खगराज भट्ट, प्रह्लाद बुढाथोकी, भरतप्रसाद साह, महेन्द्रबहादुर शाही, यशोदा गुरुङ, रेखा शर्मा, केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहनेछन् ।

यस्तै कही आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको प्रचण्डले बैठकमा जानकारी दिए । केन्द्रीय समिति बैठकले प्रचण्डको प्रस्ताव पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...