बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीद्धारा हवाई फायर

Bajura vote 20220707081216

बाजुरा । बुढीगंगा नगरपालिका-९ को त्रिशक्त मावि मतदान केन्द्रमा तनावको स्थिति सृजना भएको छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अन्नपूर्णलाई जानकारी दिए । तनावको स्थिति सिर्जना भएपछि केही समय मतदान स्थगित भयो।

३० वैशाखमा स्थगित भएको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि मतदान स्थगित भएको थियो।

सो नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंगबहादुर खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...