माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु

प्रचण्डले पेश गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने

Maobadi party office

काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने कार्यक्रम छ । प्रचण्डले केन्द्रीय सदस्यहरुलाई खुला छलफलबाट आफ्नो धारणा राख्न आह्वान गरेका छन् । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका छन् ।

प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ ।

यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...