रन्जु दर्शनाले चुनावमा ईश्वर पोखरेलको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने

Ranju darsana

काठमाडौँ । रन्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरापालिकामा मेयरको उम्मेदवारी घोषणा गरेकी दर्शनाले शनिबार राति काठमाडौँ–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘तपाईँहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शनिवार राति गरेको घोषणामा भनेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...