आज मन्त्रिपरिषद् बैठक बस्दै, राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक कामबारे छलफल हुने

Deuba cabinet 20220207095846

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने जनाइएको छ। 

आइतबार मात्रै प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर मन्त्रिपरिषद पुनरगठन गरेका थिए। एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ मन्त्रीको भने यो पहिलो मन्त्रिपरिषद बैठक हुनेछ।

यसैगरी, सजवादी पार्टी ९जसपा० नेपालले सरकारमा रहेका आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...