वामदेव गौतमले आज नेकपा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गर्दै

आजै अन्य दलहरुसँग एकताका लागि वार्ता कमिटी पनि गठन गर्ने

Bamdev gautam

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन्। मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक पार्टी घोषणा गर्न लागेका हुन्।

पार्टी अध्यक्षको रुपमा वामदेव गौतम रहने छन् भने सचिवमा डबी कार्की रहने छन्। आज गौतमले नयाँ दल गठन गर्ने र आजै अन्य दलहरुसँग एकताका लागि वार्ता कमिटी पनि गठन गने भएका छन्।

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...