पेट्रोलियम पदार्थसँगै अब उपभोग्य वस्तुको मूल्य पनि घट्छ : उद्योगमन्त्री बडू

Dilendra pd badu

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै उपभोग्य वस्तुको मूल्य पनि घट्ने बताएका छन्। संसदको बैठकमा बोल्दै उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै कहाँ कहाँ घटाउनुपर्ने हुन्छ घटाउन निर्देशन दिएका हुन्।

उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य घटेपछि त्यसको प्रभाव कहाँ कहाँ पर्छ, उपभोग्य वस्तुको मूल्य घटाउन निर्देशन दिइन्छ। मूल्य नियन्त्रणका लागि अनुगमन गर्ने तयारीमा छौं। आजै उद्योग मन्त्रालयमा मूल्य घटाउने सन्दर्भमा बैठकसमेत राखेको छु।’

उनले आयल निगमलाई संस्थागत रुपमा सुधार गर्ने सरकारको योजना रहेको बताए। उद्योग मन्त्री बडूले भने, ‘वायो डिजेल नेपालमै पनि उत्पादन हुन सक्ने सम्भावना छ।

त्यसको लागि सरकारले अध्ययन गरिरहेको छ। पेट्रोलियम पदार्थको मूल्य धेरै बढ्ने र घट्ने अवस्थामा धेरै घट्दैन। किनभने यो हाम्रो नियन्त्रणमा नरहेको अवस्था छ। सर्वसाधारणलाई सहुलियत दरमा एलपी ग्याँस उपलब्ध गराउने सरकारको योजना छ। त्यहीअनुसार कार्यदलले आफ्नो अन्तिम रिपोर्ट दिँदैछ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...