पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्छ : शेखर कोइराला

Shekhar koirala

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । डा. शेखर कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै जनतालाई महँगीको चपेटाबाट बचाउनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, “आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैया, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार र प्रज्ञापन शुल्क २५।२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म कर नलिने निर्णय गरोस् ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...