मन्त्री हेरफेरको निर्णय तुरुन्त कार्यान्वयन गर्न एकीकृत समाजवादीको माग

Samajbadi party

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने बिषयमा ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्न ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए।

बैठकले मन्त्री परिवर्तनको निर्णय तुरुन्त कार्यान्वयन गराउनसमेत ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए। नेता खनालकाअनुसार बैठकमा पोलिट्व्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकको तयारीका बारेमा पनि छलफल भएको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...