प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची

Samsad bhawan final

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन ) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...