एसपीपी ओली सरकारकै पालामा अघि बढेको पुष्टि भइसक्यो : विश्वप्रकाश शर्मा

Bishwo prakash

असार ४ : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताएका छन्।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन्।

उनले कूटनीतिक मर्यादा विपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटकसामेल भएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। एसपीपीमा आबद्ध हुनका लागि लेखिएको पत्रले हामी कूटनीतिक अभ्यासबारे गम्भीर छैनौँ भन्ने देखाएको शर्माको टिप्पणी छ।

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरीतका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्‍याए।

नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने महामन्त्री शर्माको भनाइ थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...