एसपीपीबारे छलफल गर्न परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिमा

Narayan khadka pravuram sharma 20220617093121

काठमाडौँ ।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न संसदीय समितिले परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मालाई आमन्त्रण गरेपछि उनीहरु गएका हुन्।

अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको हो।

समितिकी सभापति पवित्रा निरौला खरेलले सेनापतिको अमेरिका भ्रमण र एसपीपीमा सेनाको भूमिकाबारे जनआवाज उठेकाले संसदीय समिति स्पष्ट हुन खोजेको बताइन्। सिंहदरबारमा छलफल जारी रहेको छ। बैठकमा पूर्वरक्षामन्त्री ईश्वर पोखरेल र भीम रावल पनि सहभागी छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...