समाजवाद निर्माणको लडाईं गर्न सहकार्य, एकता आवश्यक छ : प्रचण्ड

विगतका कमिकमजोरी सुधार्दै गठबन्धनलाई थप बलियो बनाउन कार्यकर्तालाई निर्देशन

Prachanda

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले विकास र समृद्धिको यात्रा सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन्। बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले एक्लै अगाडि बढ्ने अंहकार सबैले छोड्नुपर्ने धारणा राखेका हुन्।

राजनीतिक परिवर्तनको लडाईंपछि अब समाजवाद निर्माणको लडाईं गर्न सहकार्य, एकता आवश्यक भएको उनको भनाई छ। उनले राजनीतिक दल एकबद्ध हुँदा नेपालमा ठूला ठूला राजनीतिक परिवर्तन भएको दाबी गरे।

प्रचण्डले सहकार्य र एकता हावी हुने कि निषेधात्मक दम्भ र अंहकार हावी हुने लडाई चलिरहेको दाबी गरे। उनले विगतका कमिकमजोरी सुधार्दै गठबन्धनलाई थप बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिए।

उनले स्टेट पाटनरसिप प्रोग्राममा नेपालले सम्झौता नगर्ने प्रतिबद्धता प्रधानमन्त्रीले गठबन्धनमा छलफल हुँदा बताएको जानकारी गराए। उनले एपीपी र सैन्य सम्झौता आफूले हुन नदिने र त्यस्तो कुनै सैन्य सम्झौताको तयारी समेत नभएको स्पष्ट पारे।

सांसदहरुले अमेरिकी एसपीपीबारे प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै आइरहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...