प्रधानमन्त्री देउवाले आजको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने

अर्थमन्त्री शर्माले पनि बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचि

Samsad bhawan onlinepana

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय संसदमा सम्बोधन गर्ने भएका छन्। रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन्।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको छलफल सकिएपछि मन्त्रीले जवाफ दिइरहेका हुन्। बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन्।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...