किसानलाई सरकारले दुई किलो मलसम्म दिन सकेन : सांसद घनश्याम खतिवडा
काठमाडौँ । सांसद घनश्याम खतिवडाले किसानलाई सरकारले दुई किलो मलसम्म दिन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद खतिवडाले यो सरकारको दुई किलो मल दिन सक्ने हैसियत समेत नभएको टिप्पणी गरे।
उनले भने, ‘जी टु जी गरेर होस् की जसरी भएपनि मल ल्याऔं । मल कहिलेबाट किसानले पाउँछन् ? किसानको अवस्था त खस्किदो अवस्थामा गयो । किसानले रत्नपार्कमा आएर हलो बोकेर आन्दोलन गर्ने दिन नआओस् । धान दिवस आउन लाग्यो । म किसानको आवाज बोलिरहेको छु ।
उनले मल ल्याउन सकिदैन भनेर सरकारले छुट्कारा पाउने अवस्था नरहेको बताए ।
प्रतिकृया दिनुहोस