प्रदेश १ सरकारको नीति तथा कार्यक्रम संशोधनसहित पारित

Pradesh one

मोरङ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम संशोधनसहित बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आइतबार बैठकबाट मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रमुख प्रतिपक्षी दल एमालेका प्रदेश सांसदहरुले सामूहिकरुपमा दर्ता गराएका नीति तथा कार्यक्रम संशोधन प्रस्तावमध्ये केही विषय स्वीकार गर्ने बताएसँगै संशोधनसहित ध्वनी मतबाट पारित भएको हो ।

एमालेका प्रदेश सांसद तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लभ अधिकारी र एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

नीति तथा कार्यक्रममा प्रदेश सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम संशोधनका लागि दर्ता गराइएका प्रस्तावमध्ये उपयुक्त बुँदा स्वीकार गरी बाँकी एमालेका सांसदहरुलाई फिर्ता लिन आग्रह गरेका थिए । तर एमालेका सांसदहरुले फिर्ता नलिएपछि प्रदेशसभामा बहुमतले अस्वीकृत भएको थियो ।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि एक घण्टा लगाएर जवाफ दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...