मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीको विद्युत उत्पादन बन्द

Light

काठमाडौँ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत नहुने भएको छ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द ९सट डाउन०गरिएको हो ।

प्रसारण लाइनको लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनस्र्थापना प्रणाली ९इआरएस० जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शौचालयमा लडेर युवकको मृत्यु

Dead

मकवानपुर । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान...