काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

Balendra sah

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा मेयर शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए । 

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसमा सहकार्यको समीक्षा गरिने बताए।  त्यस्तै सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि शाहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...