एमाले बाहेक कुनै पार्टीले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन सक्दैन : के.पी ओली

Kp oli

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरूको सम्मानमा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताएका हुन् ।

एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको पनि अध्यक्ष ओलीले पटकपटक दोहोर्‍याए ।अध्यक्ष ओलीले देशको भू-भाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमाले नै चाहिएको भन्दै अरू पार्टीहरुले त्यो गर्न नसक्ने बताए ।

उनले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सह्य नहुने चेतावनी समेत दिए । सबै नेपालीले देशलाई माया गरिदिए हुने अध्यक्ष ओलीको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...