प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल हुने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । केहीबेरमा बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
प्रतिकृया दिनुहोस