प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

Niti tatha karkram

काठमाडौं । प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज बुधबार सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हुन् ।

प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङ्गले तथा लुम्बिनी प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा प्रस्तुत गर्दैछन् ।

दुवै प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...