एकीकृत समाजवादीको सचिवालय बैठक : निर्वाचनको समीक्षा गर्न सबै प्रदेशमा शीर्ष नेतालाई खटाउने 

५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने

Samjbadi party

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सात वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको सङ्कलनका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको हो ।

५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

बैठकमा गठबन्धन भित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढङ्गले छलफल गरिएको उनले बताए।  बैठकमा नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलहरूले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...