नेपाललाई पेट्रोल, डिजल, एलपी ग्यास मुक्त देश बनाऔँ: गगन थापा

Gagan thapa

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएका हुन ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरे । । महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘कोभिड र त्यसपछिको रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि आकाशिएको छ । आउने दिनहरू झनै चुनौतीपूर्ण हुने सङ्केत गरिरहेको छ । यसलाई हलुका रूपमा नलिन आग्रह गर्दछु । म प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन । पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटायौँ । अरू घटाएर भए पनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ । खपत कम गर्न प्रभावकारी कदम पनि चाल्नुपर्छ । कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्पबारे पनि सोचौँ । मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजल, एलपी ग्यास मुक्त देश बनाउन आजैबाट महत्त्वाकाङ्क्षी योजनाका साथ १० वर्षभित्रमा गर्ने भनेर लाग्यौँ भने बाँच्छौँ हामी ।’ महामन्त्री थापाले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काममा पनि ध्यान दिन सरकारलाई दबाब दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...