संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

Samsad bhawan onlinepana

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्ने भएको छ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि बिहबिार पनि सैद्धान्तिक छलफल हुनेभएको छ । 

बजेटमाथि मंगलबार र बुधबार पनि सांसदहरुले आफ्नो धारणा राखिसकेका छन्। बुधबार सांसदहरुले बोल्ने क्रम नसकिएकाले त्यसलाई बिहिबार पनि निरन्तरता दिइन लागेको हो । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...