बजेटले नीजि क्षेत्रलाई विकास इन्जिनका रुपमा स्वीकार गर्योस्: सांसद चौधरी

Binod chaudhari

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान विन्दु भएको उल्लेख गर्दै बजेटले निजी क्षेत्रलार्य विकासको इन्जिनको रुपमा स्वीकार गरेको दावी गरेका छन् ।

बजेटमाथि मंगलबारदेखि प्रतिनिधि सभामा सुरु भएको छलफलमा भाग लिँदै सांसद चौधरीले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको धारणा राखेका हुन । मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगाग्नु सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गरे ।

स्थिरता, उत्पादनशीलता, रोजगारी वृद्धि तथा आफ्नै उत्पादन आफ्नै उपभोगको कुरा आउनु सह्रानीय भएको उल्लेख गर्दै कांग्रेस सांसद चौधरीले वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु राम्रो भएको बताए ।

उनले भने, ‘यो पटक अर्थमन्त्रीजीले खास गरिकन निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु सुधारतर्फको पहिलो महत्वपूर्ण चरण हो । स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, आफ्नै उत्पादन आफ्नै उपभोग, वैदेशिक लगानी गर्नलाई समेत महिनौँ, वर्षौसम्म ढोका ढोका चाहार्नुपर्ने स्थितिलाई चिर्दै १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था बजेटले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...