यस्तो थियो २००८ सालमा आएको नेपालको पहिलो बजेट (पूर्ण विवरणसहित)

Bajet book logo

काठमाडौं । चालु आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएका थिए  । आज उनै शर्माले अपराह्न ४ बजे संसदमा आगामी आर्थिक वर्षको बजेट करिब साढे १७ खर्ब रुपैयाँको बजेट पेश गर्दैछन् ।

यो त तत्कालको विषय भयो । नेपालको पहिलो बजेट कस्तो थियो र कति आकारको थियो भनेर धेरैलाई थाहा नहुन सक्छ । नेपालमा प्रत्येक वर्षको बजेट प्रस्तुत गर्ने र सोहीअनुसार वार्षिक खर्च गर्ने प्रचलन धेरै लामो भएको छैन । वि.स. २००८ सालदेखि सरकारले देशको आय÷व्ययको विवरण पेस गर्न सुरु गरेको हो ।

वि.स. २००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्णसम्सेर जबराले नेपालको पहिलो बजेट ल्याएका थिए । उनले ल्याएको बजेट नै नेपालको पहिलो सरकारी हिसाबकिताब सहितको पहिलो बजेट हो । त्यसयता, निरन्तर प्रत्येक वर्ष बजेट प्रस्तुत हुँदै आएको छ ।

बजेट वक्तव्यका अनुसार वि.सं. २००७ सालको कूल आम्दानी २ करोड ९० लाख ८१ हजार र खर्चतर्फ २ करोड ४६ लाख ८७ हजार रुपैयाँ थियो । जसमा उक्त वर्ष ४३ लाख ९४ हजार रुपैयाँ बचत थियो ।

‘यसअघि, मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ,’ पहिलो बजेट वक्तव्यमा लेखिएको छ, ‘अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के–केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ ।’

‘प्रजातन्त्र अर्थमन्त्रीको हैसियतमा आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा आफूलाई गौरवान्वित सम्झन्छु,’ तत्कालीन अर्थमन्त्री जबराले भनेका थिए । उक्त बजेट वक्तव्यमा त्यसअघि देशको आय व्ययको खर्च राख्ने नगरेको र उपलब्ध बजेट तथ्याङ्क पनि ठीकठाक नभएको बताइएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...