सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

Sansad meeting

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए। संशोधनका लागि पेश भएका सबै प्रस्ताव प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा सभामुखले गरेका थिए ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएपछि प्रतिनिधिसभा सदस्य हृदयस त्रिपाठी, दुर्गा पौडेल, शेरबहादुर तामाङ, भीम रावल, प्रेम सुवाल र खगराज अधिकारीले प्रस्तुत गरेको संशोधन प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेको हो। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनमा सरकारको नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रम सदनको ध्वनी मतले पारित गरेको घोषणा सभामुख सापकोटाले गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्ने भएको छ । आइतबार दिउँसो ४ बजे सरकारले बजेट ल्याउने कार्यक्रम छ। संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्नेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...