आर्थिक संकट पार लगाउन नसकिने अवस्थामा पुगिसक्यो : गगन थापा

Gagann

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् । प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ, जोखिममा पर्न थालिसक्यो । यसमा सरकारको ध्यान यसमा जानु पर्नेछ ।’

यो संकटबाट विगतमा जस्तै गरी पार लगाउन नसकिने उनको भनाइ छ । १० महिनाको अवधिमा १६ खर्बको आयात र १ खर्बको निर्यात भएको भन्दै उनले आगामी वर्ष यो अझ बढ्ने उल्लेख गरे । नेपाललाई व्यापारघाटा चिन्ताको विषय भएको भन्दै अब ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा जानु पर्ने बताए ।

खाद्यान्नमा समेत यस्तै अवस्था रहेको भन्दै उनले उत्पादकत्व बढाउन सरकारले ठीक नीति ल्याउनु पर्ने बताए । आयात प्रतिस्थापन गर्न सरकारले ल्याएको नीति सही भएको भन्दै उनले यसलाई बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए ।

आगामी वर्ष प्रेस, हेलिकोप्टर जस्ता वस्तु नचाहिने भन्दै सरकार आफैले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्ने बताए । त्यसपछि मात्र सरकारले जनतालाई अब खरिद नगर भन्ने नैतिकता राख्ने उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने

Teacher aandolan ktm

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...