बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न मिल्दैन : कमल थापा

Kamal

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत साहलाई बधाइ दिँदै थापाले साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। थापाले उनको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका हुन् ।

‘बालेन साहको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्दा पनि उहाँको योग्यता र क्षमतामाथि जनताको भरोसाको अभिव्यक्ति हो’, उनले ​ लेखेका छन्, ‘काठमाडौँवासीले ठूलो अपेक्षा गरेका छन्, सफलताको कामना गर्दछु।’

काठमाडौं, धरान, धनगढी लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई दलहरूमाथि मतदाताको आक्रोश व्यक्त भएको विश्लेषण भइरहँदा थापाको यस्तो प्रतिक्रिया आएको हो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...