मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

Madhav kumar nepal

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले लोकप्रिय मतसहित काठमाडौँको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।नेपालले जारी गरेको सन्देशमा भनिएको छ, ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौँलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ ।’

अध्यक्ष नेपालले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...