राजनीतिक दलहरूमा जोस, जाँगर र आँट भएका युवा शक्तिको खाँचो छ : माधवकुमार नेपाल

Madhav kumar nepal 5

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा देशलाई जोस, जाँगर र आँट भएका युवा शक्तिको खाँचो भएको बताएका छन् । सो पार्टीको मकवानपुर जिल्ला कमिटीको आयोजनामा आज हेटौँडामा पार्टीका तर्फबाट गठबन्धनका हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित मिना लामा, गठबन्धनका नेपाली कांग्रेसका उपप्रमुख पदमा निर्वाचित राजेश बानियाँ तथा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष र वडा सदस्यलाई निर्वाचित भएकोमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले सो धारणा व्यक्त गरेका हुन् ।

उनले हेटौँडा उपमहानगरपालिका, पोखरा महानगरपालिका, रौतहट जिल्लामा भएका नगरपालिका, गाउँ पालिकालगायतका देशको अन्य तहमा पनि पार्टीका उम्मेदवार विजयी भएका पालिकामा अब योजनाबद्ध ढङ्गले जनताका अपेक्षा, सरोकारका विषयमा र विकास निर्माणका विषयमा जनतासँग नै मिलेर काम गर्न अनुरोध गरे ।

अध्यक्ष नेपालले स्थानीय तहमा सामाजिक न्याय ,सामाजिक समानता, विकास तथा समृद्धिको उद्देश्य पूरा गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।यसैगरी नवनिर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रमुख लामाले निर्वाचित भएर पहिलो काम विपन्न वर्गलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने तथा अस्पतालमा लैजान एम्बुलेन्स निःशुल्क गर्ने व्यवस्था सुरु गरेको जानकारी दिए । प्रमुख लामाले अब सामाजिक सेवा ,स्वास्थ्य सेवा ,शिक्षा तथा पूर्वाधार निर्माण तर्फ विशेष ध्यान केन्द्रित गरेर काम गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...