उदयपुरको त्रियुगा नगरपालिकामा पुन: मतदान नहुने, आजबाट मतगणना सुरु हुँदै

Triyuga

उदयपुर। त्रियुगा नगरपालिकामा पुनस् मतदान नहुने भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन : मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजैदेखि मतगणना सुरु गर्ने जानकारी दिए। 

त्रियुगा-१२ को मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । पुनस् मतदान गर्ने भन्दै सूचना टाँसिएको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुनस्मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो । 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनस् मतदानको माग राखेका छन् । नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...