सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै, यस्तो रहेको छ कार्यसूची

Samsad bhawan final

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको छ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रम लागयतमा केन्द्रित हुनेछन्।

सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट सार्वजनिक हुनेछ। दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...