धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका साम्पाङद्वारा शपथ ग्रहण

Sapath 1 1536x1093

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् । स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् । धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् ।

शपथ लिनका लागि इनरुवा पुगेका नवनिवार्चित प्रमुख साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् । अब धरान प्रमुख साम्पाङले उपप्रमुखसहित वडाबाट निवार्चित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...