धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र गोपाल हमालले मारे बाजी

Gopi hamal

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।

निवर्तमान मेयर नृपबहादुर वडलाई पराजित गर्दै उनी सुदूरपश्चिमको एकमात्र उपमहानगरको प्रमुख बनेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाए ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए ।

उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छिन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...