चारसयको हाराहारीमा मतगणना हुँदा कांग्रेस पहिलो स्थानमा, एमाले दोस्रो तथा माओबादी केन्द्र तेस्रो स्थानमा

Mat ganana 2

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। सबै भन्दा बढी स्थानीय तहमा जित निकाल्दै अहिलेसम्म नेपाली कांग्रेस पहिलो दल बनेको छ। नेपाली काँग्रेस १ सय ७९ स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले १ सय ३४ स्थानमा अग्रता लिएको छ।

त्यसैगरी नेकपा एमाले दोस्रो दल बनेको छ। उसले अहिलेसम्म १ सय १३ पालिकामा विजय प्राप्त गरेको छ। एमाले ८४ स्थानीय तहमा अगाडि छ।८२ स्थानमा विजयी भएको नेकपा माओवादी केन्द्रले ३३ स्थानमा अग्रता लिएको छ। यसरी हेर्दा अहिलेसम्म कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो हुने स्पष्ट संकेत देखिएको छ।

नेकपा एकीकृत समाजवादीले ६ स्थानमा जितेको छ भने १६ स्थानमा अग्रता लिएको छ। उता जनता समाजवादी पार्टी जसपा ६ स्थानमा विजयी भएको छ। उसले २९ ठाउँमा अग्रता लिएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा०ले अहिलेसम्म खाता खोल्न सकेको छैन। उसले विभिन्न १० पालिकामा अग्रता लिएको छ। देशभरबाट मतपरिणाम आउनेक्रम जारी छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...