२ सय बढी स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुँदा कहाँ कसले जिते ?

Election result

काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहानसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २०७ स्थानमा अग्रता लिएको छ भने एमालेले १२० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६७, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् । एकीकृत समाजवादी १८, जनता समाजवादी पार्टी २७, लोकतान्त्रिक समाजवादी पार्टी ११ र अन्य २१ ठाउँमा अगाडि छन् ।

उपप्रमुखरउपाध्यक्ष तर्फ कांग्रेसले १०५, एमाले ६४, माओवादी ४७, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन् । यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...