ओलीले जनतामा गएर मत माग्ने कुनै आधार छैन : कांग्रेस प्रवक्ता महत

Prakash sharan mahat

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन् । प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताए ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गरे । सत्तारुढ दलमा आवद्ध अन्य दलहरूले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको उनको भनाइ छ । ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन पनि उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरूमा आफ्ना पार्टीका कार्यकर्ताहरूमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए । प्रवक्ता महतले नेपाली कांग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उनले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...