एमाले कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप

Fight

काठमाडौँ । राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा मियामाथि एमाले कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको भन्दै राप्रपाले निन्दा र भत्र्सना गरेको छ । मियामाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गर्न र आक्रमण परी घाइते भएकाको उपचार व्यवस्था गर्न राप्रपाले माग गरेको छ । ‘घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारवाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

एमालेले मियालाई उम्मेदवारी फिर्ता लिन दिएको दबाब अस्वीकार गर्दा एमाले कार्यकर्ताले उनको परिवारमाथि भएको आक्रमण घृणित, लज्जास्पद र दुःखदायी रहेको राप्रपाले भनेको छ । ‘राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवद्र्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनी र उनको सात जना परिवारका सदस्यमाथि साङ्घातिक हमला भएको घटना घृणित, लज्जास्पद र दुःखदायी छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं–१ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उमेदवारलाई लछारपछार गरिएको भन्दै राप्रपाले सो घटनाप्रति दुःख प्रकट गर्दै भत्र्सना गरेको छ । राप्रपाले भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...