एमालले संसद् चल्न नदिएका कारण नागरिकताको समस्या समाधान भएन: प्रचण्ड

Prachanda

धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब नागरिकताको समस्या समाधान हुने बताएका छन् । आज धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहाल एमालले संसद् चल्न नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताए ।

उनले भने, “एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौ ।”

उनले अदालतले अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पारे । उनले यसलाई सदनबाट नै सम्बोधन गर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...