प्रजातन्त्रको भविष्य बलियो बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुस् : देउवा

Sher badhur duba

बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । प्रजातन्त्रको भविष्य बलियो बनाउन गठबन्धनलाई बलियो बनाउनु पर्ने आवश्यकता रहेको देउवाले बताएका हुन ।

पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुटवलको सुकुम्वासी समस्या समाधान गर्न, तराईको नागरिकता समस्यालाई सधैका लागि अन्त्य गर्न गठबन्धनका उम्मेदवार जिताउनुपर्नेमा जोड दिए ।

उनले गठबन्धनकै कारण मुलुकका जनताले बोल्न, लेख्न र आफ्नो अधिकारको वकालत गर्न पाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीको निरंकुशता अन्त्यका लागि पनि गठबन्धनको आवश्यकता रहिरहेको बताए ।

blog

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...