सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

Fight

वीरेन्द्रनगर । सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...