कटुञ्जेमा एमालेको घरदैलो कार्यक्रम, स्थानीयबासी उत्साहीत

Cover

भक्तपुर : नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा घरदैलो कार्यक्रम जारी राखेको छ । एमाले सूर्यविनायकले शनिबार बालकोटबाट शुरु गरेको घरदैलो कार्यक्रम आइतबार दधिकोट र सोमबार वडा नं ६ मा सम्पन्न गरेको हो । सोमबार आज सूर्य विनायक नगरपालिकाको वडा नं ६, कटुन्जेको पाण्डो बजारबाट घरदैलो कार्यक्रम सुरु गरिएको थियो ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार वासुदेव थापा, उपप्रमुख पदका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार सुधाम केसी, वडा सदस्य पदका उम्मेदवार कृष्ण प्रसाद बजगाईँ, सुमन ध्वजु, दीपेन्द्रकला (इन्दिरा) गुरागाईँ तथा गीता परियार लगायतको सहभागिता थियो ।

घरदैलो कार्यक्रममा स्थानीयवासीका साथै एमालेका सयौँ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कटुन्जेको पाण्डो बजारबाट सुरु गरिएको र्‍यालीले वडाका अधिकांश बासिन्दाहरूको घरदैलोमा पुगेर टुंगिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...