ओलीले भने, निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चा गर्न लायक नै छैनन्

Kp oli

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चा गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारको अधिकारको कुरा भए पनि उनीहरू चर्चा गर्न लायक नभएको बताएका हुन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यकता नै नभएका अन्य दलका उम्मेदवारलाई छोडेर सूर्य चिह्नमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे।

‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ। किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यकता नै छैन । त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्न। साथीहरूले कतिपयले इच्छा गर्नुभएको छ । इच्छा गर्न पाइन्छ । उहाँहरूको अधिकारको कुरा हो । उहाँहरूले इच्छा गर्नुपर्छ । उहाँहरूको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौँ । एमालेलाई जिताऔं, काठमाडौंलाई सफा गरौं,’ उनले भने ।

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमुना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए । उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...