ओलीलाई बालकाेटमै गएर ट्युशन पढाउनै पर्ने भयाे : गगन थापा

Gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ट्युशन पढाउन बालकोट जाने बताए ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आज बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताए । आफूले अघि सारेको समुन्नत नेपालको अवधारणालाई ओलीले चोरेको आरोप लगाएको भन्दै महामन्त्री थापाले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको बीचको फरकका बारेमा पढाउन बालकोट नै जानुपर्ने भएको बताए ।

उनले भने, ‘ओलीको समृद्धिमा अहङ्कार छ र मेरो समुन्नत नेपालमा मानिसको जीवनमा भएको दुःखलाई समाधान गर्ने खोजी छ । उनले महाधिवेशनको बेलामा पनि सम्मुन्नत नेपाल भन्ने अवधारणा चोर्‍यो भन्नुभएको थियो । हिजो पनि चोर्‍यो भन्नुभएछ । मैले यसको बारेमा उहाँलाई भन्नैपर्छ । उहाँलाई पनि दौडधुप छ, मलाई पनि दौडधुप छ । उहाँ अध्यक्ष र म महामन्त्री, हाम्रो आफ्नै भ्याइनभ्याइ छ । अलिकति भ्याएको बेलामा चाहिँ म बालकोटै गएर ट्युशन पढाउने हो । मेरो समुन्नत नेपालीको अवधारणा र उहाँको समृद्धिको अवधारणाबारे ट्युशन पढाउनै पर्ने भएको छ ।’

महामन्त्री थापाले ओलीको समृद्धि र आफ्नो समुन्नत नेपालको अवधारणाको सम्बन्धमा एमालेका नेताहरूसँग बसेर बहस गर्न तयार रहेको चुनौती पनि दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...