काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मेदवारी दर्ता

Nirbachhan 2079

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा ३१ जनाको उम्मेदवारी परेको छ ।

मेयरमा उम्मेदवारी दिने ५६ जना मध्ये २१ जना विभिन्न दलका उम्मेदवार रहेका छन् भने ३५ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन। मेयका आकांक्षी मध्ये ८ जना महिला रहेका छन् ।

उपमेयरमा उम्मेदारी दिएका मध्ये १२ जना दलीय उम्मेदवार हुन भने १९ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उपमेयरमा १२ जना महिला उम्मेदवार रहेका छन् । काठमाडौँ जिल्लाका सबै पालिकामा गरी एक हजार २ सय ६२ जनाले मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेवारहरुको विवरण रुजु गरेर निर्वाचन आयोगले नामावली प्रकाशित गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...